नेपाल टेलिकमको ‘समर अफर’

काठमाडौँ, १ साउन । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ ।

समर अफरअन्तर्गतको सेवा २०७७ साउन १ देखि ९० दिनसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

टेलिकमको समर अफर :
१. टेलिकमले युट्युब स्ट्रिमिङ डाटा प्याकअन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ ।

२.सोसल मिडिया प्याकअन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।

३. रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकामा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने छ । नाइट टाइम भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत् उपलब्ध हुने र १५ रुपैयाँमा ३ रातका लागि २०० मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याक राति १० बजेदेखि बिहान ७ बजेसम्म प्रयोग गर्न सकिनेछ ।

४. अल टाइम डाटा प्याकअन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा परिमार्जन गरिएको छ । यसमा ६० रुपैयाँमा ३ दिनका लागि ४०० एमबी, १०० रुपैयाँमा ७ दिनका लागि ८०० एमबी, २८० रुपैयाँमा २८ दिनका लागि २.५ जीबी, ५०० रुपैयाँमा २८ दिनका लागि ७ जीबी र ८०० रुपैयाँमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

५. डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजेसम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ ।

६. वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज २० रुपैयाँमा उपलब्ध हुनेछ ।

७. डे भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिनेछ ।

८. १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ ।

९. लार्ज डाटा प्याक अन्तर्गत अब १,६०० रुपैयाँमा ६० दिनका लागि ३० जीबी प्याक र ३ हजार रुपैयाँमा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ ।

१०. फोरजी÷एलटीई अफर अन्तर्गत १५ रुपैयाँमा १ दिनका लागि १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate