कारागारमा एक बन्दीको मृत्यु

वीरगञ्ज, १ साउन । वीगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए ।

लागुऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । १५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवाना बापत कैद बसिरहेकी थिइन् ।

पोखरेलका अनुसार खातुनको गएराति ११ बजेर ३४ मिनेटमा उपचारको क्रममा निधन भएको हो । उनी क्रोनिक चर्म रोगको बिरामी थिइन् ।

उनलाई हृदयाघात भएको आशंका गरिए पनि मृत्युको कारण पोष्टमार्टम पछिमात्रै थाहा हुने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट

काठमाडौँ, ९ मंसिर । प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२