भक्तपुरबासी नवनियुक्त आइजीपी थापाद्वारा आफ्नो कार्यकक्षमा पदबहाली

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्री प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरिबहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधानकार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाइ अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै प्रहरी प्रधानकार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।

विसं २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका–५ मा जन्मिएका प्रहरी महानिरीक्षक थापा क्षेत्री २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका थिउ । प्रहरी महानिरीक्षक थापा क्षेत्री२ ०५८ फागुन १०गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक,२०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राम लगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका थिए । प्रहरी महानिरीक्षक थापा क्षेत्री दुर्गम सेवा पदक,दैवीप्रकोप पिडीतोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथोलगायतका विभूषणबाट विभूषित भएका छन् । यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा  दर्जनौंनगद पुरस्कारप्राप्त गर्नुको  साथै विभिन्न प्रशंसापत्र एवम् कदरपत्रद्वारा सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्