बाँदरले घर पनि बनाउँदैन, अरुलाई बनाउन पनि दिँदैन भन्दै प्रम ओलीको समर्थनमा काठमाडौँमा उर्लीयो जनसागर

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजिनामा मागेसँगै एका एक माहोल तातेको छ ।

काठमाडौँ उपत्यकाको ६ ठाउँमा आज भएको आन्दोलनको क्रममा कोटेश्वर, कलंकी, चावहील, गोंगबु, असन, लगनखेललगायतका स्थानहरुमा हजारौंको संख्यामा उपस्थित भएका युवाहरुले प्रधानमन्त्री ओलीको पक्षमा बृहत प्रदर्शन गरेका हुन् । कोरोना संक्रमणको उच्च जोखिम हुँदा हुँदै पनि प्रधानमन्त्री ओलीको समर्थनमा हजारौं युवाहरु सडकमा आएका छन् । अल्पमत वा बहुमतले कसैलाई राख्ने वा फाल्ने नभई पार्टी एकताको माण्डेट विपरित राजिनामा माग्नु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनताको विरोधी भएको उल्लेख गर्दै भारतीय दलालीका नेपाली एजेन्टहरुलाई कठालोमा समातेर सडकमा पछार्ने समेत आन्दोलनरत युवाहरुले उद्घोष गरेका छन् ।

राष्ट्रियताको चट्टानी अडानका साथ भारतलाई चुनौति दिने नेपालको एकमात्र नेता केपी शर्मा ओली भएको उल्लेख गर्दै भारतीय विस्तारवादको कडा रुपमा खण्डन गरेका छन् । भारतीय दलालको भरमा राष्ट्रप्रेमी प्रधानमन्त्री ओलीलाई हटाई भारतको गुलामी गर्ने लक्ष्यका साथ राजिनामा मागिएको उल्लेख गर्दै बाँदरले आफ्नो घर पनि नबनाउने र अरुलाई पनि बनाउन नदिने भनेजस्तै नेकपाका ओली विरोधी नेताले देश पनि नबनाउने र अरुले बनाएको पनि देखिनसहेको भन्दै आक्रोस व्यक्त गरे ।

स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष पुष्प कलम दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले राजिनामा मागेसँगै मुलुकलाई अन्धकार तथा भारतीय गोटी बनी राजिनामा मागिएको भन्दै युवाहरु आक्रोसित भएका हुन् ।

कार्यक्रममा स्वतफूर्त रुपमा सयौंको संख्यामा रहेको प्रदर्शनमा नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर, ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।