टिपरको ठक्करबाट एक जनाको मृत्यु

धादिङ, २४ असार । जिल्लाको खत्रिपौवामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान धादिङ जिल्ला धुनबेँसी नपा- ९ खत्रिपौवामा काठमाडौँबाट नौबिसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ नम्बरको टिपरले नागार्जुन नपा- ३ काठमाडौं बस्ने बर्ष ३० को महेश श्रेष्ठलाई ठक्कर दिँदा निजको घटनास्थलमानै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर चालक भने फरार रहेको र उनकाे खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएकाे छ । मृतकलाई पाेस्टमार्टमका लागि काठमाडौँस्थित टिचिङ्ग हस्पिटल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, १६ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन्

काठमाडौँ, १६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोशाक लगाउने

काठमाडौँ, १६ चैत । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ ।  आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्