माइकल किनको गोलले टोटेनहमको जित

एजेन्सी, २३ असार  । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आत्मघाती गोलबाट जित निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले एभर्टनमाथी १-० गोलको साँघुरो जित निकालेको हो । टोटेनहमको जितका लागि एभर्टनका माइकल किनले खेलको पहिलो हाफमा नै आत्मघाती गोल उपहार दिएका थिए ।

 जितसँगै टोटेनहमले अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ । टोटेनहमले ३३ खेल खेल्दै ४८ अंक जोडेर तालिकाको आठौं स्थानमा उक्लिएको छ । यता पराजित एभर्टन समान खेलबाट ४४ अंकसहित ११ औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन