क्वारेन्टिनमै आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

दाङ, १९ असार । क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका एक युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

असार १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नं ५ का ३१ वर्षीय एभान सार्कीले असार १७ गते दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा सार्कीलाई कोरोना पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिरकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार सार्कीले आत्महत्या गरेपछि मात्रै परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सार्कीको शव पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको र तुलसीपुरमै शव व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको