ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु

धनगढी, १९ असार । खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा शुक्रबार एकजनाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका-१ स्थित कालिका स्वास्थ्यचौकी नजिकै ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेन्सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि आक्रोशित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको