प्रधानमन्त्री ओलीसँग छलफलका लागि प्रचण्ड बालुवाटारमा

काठमाडौँ, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसग छलफलका लागी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन ।

नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय विहीबारको स्थायी कमिटी बैठकले गरेको थियो ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका हुन् । दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ । तर, पछिल्लो चरणमा दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ ।

प्रचण्ड–माधव समूहका नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट हट्न भनेका छन् । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको