पहिरोमा परी १८ महिने शिशुको मृत्यु

गुल्मी, १९ असार । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दीमा पहिरोले घर बगाउँदा १८ महीने शिशुको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । अन्य पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो । यस्तै सोही ठाउँ बस्ने ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी ७ वर्षीया छोरी अपेक्षा खत्री वेपत्ता छिन् । डीएसपी पन्तका अनुसार ईश्वरी खत्री गम्भीर घाइते भएका छन् ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको र उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ