खोप सेवाको प्रभावकारी संचालन र ब्यवस्थापनमा सरकार सधैं कटिबद्ध छ : मन्त्री ढकाल

काठमाडौँ, १८ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल सरकारद्वारा संचालमा रहेको विभिन्न प्रकारका खोप सेवाको प्रभावकारी संचालन र व्यवस्थापनमा सरकार सदैव कटिवद्ध रहेको बताउनुभएको छ ।

आज नियमित खोप मार्फत नयां खोप रोटा खोप र सरसफाई प्रवर्धन शुभारम्भ यो ऐतिहासिक कार्यक्रममा बोल्दै मन्त्री ढकालले जनस्वास्थ्यको सफल कार्यक्रम मध्ये राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकताको प्रमुख कार्यक्रम रहेको उल्लेख गर्नुभयो । मन्त्री ढकालले देशैभर मासिक करिव १६ हजार खोप केन्द्र मार्फत ११ वटा रोगको विरुद्धमा १५ महिना सम्मका बालबालिकाहरुलाई निशुल्क रुपमा खोप सेवा प्रदान गरि बार्षिक करिव ६ लाख २० हजार भन्दा धेरै बालबालिकालाई संक्रामक तथा प्राण घातक रोगहरु बाट सुरक्षा गरिरहेको जानकारी गराउनुभयो ।

खोपकै माध्यमबाट विश्वबाट विफरजस्तो घातक रोग उन्मुलन भएको छ भने अर्को संक्रामक रोग पोलियोमाईलाईटीस उन्मुलन गर्ने चरणमा रहेको उल्लेख गद्यै मन्त्री ढकालले नेपाल सन् २०१० देखि पोलियो शुन्य अवस्था रहि हामी पनि पोलियो उन्मुलनको तयारीमा रहेको साथै संक्रामक र बालमृत्युको प्रमुख कारकको रुपमा रहेको दादुरा रुवेला जस्तो घातक रोग नियन्त्रण गरि सन् २०२३ सम्ममा दक्षिण एसियाबाट निवारण गर्ने लक्षका साथ तयारी भै रहेको जानकारी गराउन पाउदा खुशि लागेको बताउनुभयो ।

यसै गरि खोप सेवाको माध्यमबाट संक्रामक तथा प्राण घातक रुोगहरु नवशिशु धनुष्टङ्कार सन् २००५ देखि निवारणको अवस्था, दादुरा रुवेला, न्यूमोनिया, जापानिज ईन्सेफालाईटिस, लहरेखोकी, भ्यागुते रोग, हेपाटाईटीस बी आदि नियन्त्रण गरि नेपालको बाल मृत्युदर उल्लेख्य रुपमा कमी आई सहस्राब्दी विकास लक्ष प्राप्तिमा खोप कार्यक्रमको महत्वपूर्ण योगदान रहेको र दिगो विकास लक्ष प्राप्तिमा समेत खोप सेवाको महत्वपूर्ण भूमिका रहने कुरा अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘खोप सेवाको माध्यमवाट रोगहरुको नियन्त्रण, निवारण र उन्मुलन गरि बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमि ल्याई स्वस्थ र समृद्ध समाज निर्माणमा योगदान गर्नु नै खोप कार्यक्रमको मुख्य लक्ष रहेको छ । सो अनुसार अन्तराष्ट्रिय, राष्ट्रिय लक्ष, उद्देश्य र प्रतिवद्धता अनुसार खोप सेवाको प्रभावकारी संचालन र ब्यवस्थापनमा नेपाल सरकार सदैव कटिबद्ध छ । नेपालको संविधान २०७२ बाट नै आधारभुत तथा अत्यावश्यक स्वास्थ्य सेवा जनताको मौलिकहकको रुपमा स्थापित गरेको छ, अझ बालअधिकार र बालस्वास्थ्यको रक्षाको लागि नेपाल सरकारले खोप ऐन २०७२ र खोप नियमावली २०७४ जारी गरेको कुरा सहर्ष जानकारी गराउदछु । नेपाल सरकारको बहुवर्षिय खोप योजना (२०१७–२०२१) को राष्ट्रिय लक्ष उद्देश्यमा उल्लेख भए अनुसार विश्वमा भएका नयां तथा प्रयोगमा रहेका खोपहरुलाई रोगभारको आधारमा राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने तथा नविनतम प्रविधिहरु अनुशरण गर्दैजाने नीति अनुरुप गाभीको सहयोग र साझेदारीमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोपसेवामा रोटा भाईरस विरुद्धको नयांखोप र सरसफाई प्रवद्र्धन कार्यक्रम शुरुवात गर्ने घोषणा गरेको छ । कतिपय संक्रामक रुोगहरु हामीले नियन्त्रण गरिसक्दा अझपनि शिशु तथा बालबालिकामा झाडापखाला भै रहने र मृत्य समेत हुने गरेको छ । नेपालको तथ्यांक हेर्दा ५ वर्षमुनिका बालबालिकाहरु मध्ये वार्षिक करिव ११ लाख कुल संख्याको ३८ प्रतिशत जति बालबालिकामा झाडापखाला लाग्ने गरेको र झाडापखाला भएर अस्पताल भर्ना हुने मध्ये करिव ३० प्रतिशत बालबालिकाहरुमा रोटा भाईरसको कारणले पखालालाग्ने गरेको र पखालाको कारणबाट हुने मृत्युमा रोटा भाईरस प्रमुख कारण रहेको कुरा अध्यनले देखाएको छ । यसै कारण नेपाल सरकारले शिशु तथा बालबालिकाको स्वास्थ्य रक्षाको लागि यो समस्या न्युनिकरण गर्न नयांखोपको रुपमा राष्ट्रिय खोपकार्यक्रममा रोटाखोप समावेश गरेको हो ।’

खोप सेवा आधारभुत र अत्यावश्यक स्वास्थ्य सेवा भएको जगजाहेरै छ । नेपालमा अझ पनि १ प्रतिशत बालबालिकाहरु खोप शुन्य अवस्था र करिव २१ प्रतिशत बालबालिकाहरु आंशिक खोप पाएको अवस्था रहेको उल्लेख गर्दै उहाँले सवैको साझा चुनौति भएको बताउनुभयो । विशेषगरि खोपसेवाको प्रभावकारी ब्यवस्थापन र संचालन गरि सवै बालबालिकाले पूर्णखोप प्राप्त गरेको सुनिश्चित गर्न स्थानिय तहहरु (वडा र पालिका) बाट विशेष पहल र प्राथमिकता दिन अनुरोध समेत उहाँले गर्नुभएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड, नीति, निर्देशिका अनुसार निरन्तर सहयोग गर्नुहुने कुरामा समेत बिश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।  आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन

सप्तरी, २८ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन

काठमाडौँ, २८ साउन । कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको