स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

रौतहट, १८ असार । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ गौर–२ महादेवपट्टिबाट १० गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । 

काठमाडौँ, ९ असोज । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा थप एक जना कोरोना सङक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका

आज २०७७ असोज ९ गते शुक्रबार । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज एउटै कामबाट दोहोरो

सुर्खेत, ८ असोज । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको