यी तीन विकल्पसहित अन्तिम समयसम्म लड्ने प्रम ओलीको रणनीति

काठमाडौँ, १८ असार । स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्यहरूले राजीनामा मागेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभरी आफू निकटका नेताहरूसँग मिलेर रणनीति बनाउन व्यस्त रहे ।

दाहाल तथा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वाममदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ललितपुरको एक होटलमा समूहगत भेलामा सहभागी हुँदा प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफू नजिकका नेताहरूसँग छलफल गरे ।

बुधबार बिहानै बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग पनि ओलीले छलफल गरेका थिए । दिउँसो फेरि आफू निकटका नेताहरूसँग उनले छलफल गरेका थिए । पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग ओलीले छलफल गरेका हुन् । ओलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीको पनि साथ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अन्तिम समयसम्म लड्ने र सबै उपाय अपनाउने तर दुवै पद नछाड्ने अडानमा छन् । आफू इतरको समूहलाई गलाउने रणनीति यो समूहले तय गरेको हो । त्यसका लागि उनले तीन विकल्पमा समेत परामर्श सुरु गरेको दाहाल-नेपाल समूहको बुझाई छ । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने, अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्‍याएर सरकार नछाड्ने विकल्पमा पनि ओलीले परामर्श गरेको हुनसक्ने बुझाई यो समूहको छ । तर, ओलीले यी सबै अर्को समूहलाई धम्काउनलाई गरेको र उनले यी विकल्प प्रयोग गर्न स्थिति सहज नभएको बुझाई पनि यो समूहको छ । यस किसिमको तयारीको ओली पक्षले भने पुष्टि गरेको छैन । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, १६ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन्

काठमाडौँ, १६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोशाक लगाउने

काठमाडौँ, १६ चैत । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ ।  आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्