पेट्रोलियम पाइप लाइन : सर्भे अन्तिम चरणमा

काठमाडौँ, १८ असार । नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पु¥याएको छ ।

निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको छ । जग्गा सर्भेको नक्सा तयार भएपछि भारत र नेपालको सहसचिव स्तरीय संयुक्त कार्यसमूहलाई बुझाइने छ । गोइत भन्नुहुन्छ, “पाइप लाइनको सर्भे सकिएको छ भने जग्गाको सर्भे अन्तिम चरणमा छ । सकिएपछि डीपीआर बन्छ, काम अघि बढिरहेको छ ।”

अहिले प्रारम्भिक चरणको तथ्याङ्क लिने र नक्सा लेआउटको काम भइरहेको छ । निगमका अनुसार झापाको चारआलीसम्मको पाइप लाइनको सर्भेको काम पनि सुरु हुँदै छ । जग्गाको सर्भेपछि डीपीआर निर्माणको काम अघि बढ्नेछ । भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म सञ्चालन भएको पेट्रोलियम पाइप लाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।