घुससहित चारजना पक्राउ

दैलेख ,१७ असार । खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजना घुससहित पक्राउ परेका छन् ।

वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब-इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई दुई लाख ४१ हजार १६ रुपैयाँसहित पक्राऊ गरेको हो ।

निमित्त प्रमुख मल्ललाई कार्यालय परिसरबाट, सब-इन्जिनियर चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिइएको र श्रेष्ठ र पाण्डेलाई अनुसन्धानका क्रममा मंगलबार पक्राऊ गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले भगवतीमाई गाउँपालिका-३ सानटडा खेला तटबन्ध निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका

काठमाडौँ, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन

काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले