कोरोना संक्रमित प्रहरीको संख्या ८२ पुग्यो

काठमाडौँ, १७ असार । नेपालमा  कोरोना संक्रमित प्रहरीको संख्या ८२ जना पुगेको छ ।  जसमा २ महिला र ८० पुरुष छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका २, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् ।

यस्तै महोत्तरीका २, जुम्लाका २, डोल्पा २ जाजरकोटका १, सुर्खेतका ५, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका ३, काठमाडौंका ६ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरीका अनुसार ४५ जना  डिस्चार्ज भइसकेका छन् भने ५० जना प्रहरी क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले