सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक

एजेन्सी, १७ असार । स्व. अभिनेता सुशान्त सिंह राजपुतको निधन आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लागिरहेको छ । यद्दपि सुशान्तको पोस्टमार्टम रिर्पोटका आधारमा प्रहरीले सुशान्तले आत्महत्या भएको पुष्टि गरेको थियो ।

बुधबार सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन उसको शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरिनुलाई ‘भिसेरा टेस्ट’ भनिन्छ ।

आत्महत्याको १७ दिनपछि आएको सुशान्तको भिसेरा रिर्पोटमा केही पनि नशालु र विशालु पदार्थ नभएको जेजे अस्पतालले पुष्टि गरेको छ । पोस्टमार्टम रिर्पोटपछि भिसेराको स्याम्पल मुम्बाईस्थित जेजे अस्पताल लगिएको थियो ।

जसले पुनःएकपटक सुशान्तको मृत्यु आत्महत्याकै कारण भएको पुष्टि भएको छ । तर अझै पनि सुशान्तले आत्महत्या गर्नुको कारण भने पत्ता लागिसकेको छैन । प्रहरीले सुशान्तको आत्महत्याको कारण अनुसन्धान गर्न पारिवारिक, व्यक्तिगत र प्रोफेसनल गरी ३ फरक–फरक कोणबाट जाँच जारी नै राखेको छ । नवभारत टाइम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री

काठमाडौँ, २३ असार । गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गर्नुभएको

काठमाडौँ, २३ असार । थप २०४  जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार १  सय ६८ पुगेको छ

काठमाडौँ, २३ असार । झण्डै ३ घण्टा छलफलपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष