सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक

एजेन्सी, १७ असार । स्व. अभिनेता सुशान्त सिंह राजपुतको निधन आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लागिरहेको छ । यद्दपि सुशान्तको पोस्टमार्टम रिर्पोटका आधारमा प्रहरीले सुशान्तले आत्महत्या भएको पुष्टि गरेको थियो ।

बुधबार सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन उसको शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरिनुलाई ‘भिसेरा टेस्ट’ भनिन्छ ।

आत्महत्याको १७ दिनपछि आएको सुशान्तको भिसेरा रिर्पोटमा केही पनि नशालु र विशालु पदार्थ नभएको जेजे अस्पतालले पुष्टि गरेको छ । पोस्टमार्टम रिर्पोटपछि भिसेराको स्याम्पल मुम्बाईस्थित जेजे अस्पताल लगिएको थियो ।

जसले पुनःएकपटक सुशान्तको मृत्यु आत्महत्याकै कारण भएको पुष्टि भएको छ । तर अझै पनि सुशान्तले आत्महत्या गर्नुको कारण भने पत्ता लागिसकेको छैन । प्रहरीले सुशान्तको आत्महत्याको कारण अनुसन्धान गर्न पारिवारिक, व्यक्तिगत र प्रोफेसनल गरी ३ फरक–फरक कोणबाट जाँच जारी नै राखेको छ । नवभारत टाइम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा