केहीबेर बसेर नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ, १७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज करिब एक घण्टा बसेर स्थगित भएको छ ।

काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

आजको स्थायी समिति बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । आज काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहट, २४ असार । सर्लाहीमा आफन्तको कुटपिटबाट एक युवाको मृत्यु भएको छ । मंगलबार साँझ रौतहटको राजदेवी नगरपालिका-६ का ३५

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जना

सिरहा, २४ असार । सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार लकडाउनको नियम पालन गर्न