केहीबेर बसेर नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ, १७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज करिब एक घण्टा बसेर स्थगित भएको छ ।

काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

आजको स्थायी समिति बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । थप २ हजार २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय

चितवन, २ असोज । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी

पोखरा, २ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

घोराही, २ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका