कोरोनासँग लड्न नेपाललाई एडीबीको ३६ करोड सहयोग

काठमाडौँ, १७ असार । एसियाली विकास बैंक (एडीबी)ले कोभिड १९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।

एडीबीले एसिया प्रशान्त विपत् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्‍वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।

यसअघि पनि एडीबीले तीन करोड ६० लाख रुपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपतलीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित पुष्टि भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।  

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जना

सिरहा, २४ असार । सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार लकडाउनको नियम पालन गर्न

बारा, २४ असार । बारामा प्रहरीले भन्सार छलीका कपडासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार ५ लाखभन्दा