प्रहरीको हिरासतमा बलात्कार आरोपी मृत फेला

काठमाडौँ, १७ असार । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

हिरासतमा रहेका सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी जबरजस्तीकरणी सम्बन्धी कसूरमा १३ असारमा पक्राउ परेका थिए । उनको कोरोना (कोभिड–१९) भाइरस परीक्षण भइनसकेकाले हिरासतको छुट्टै कोठामा आइसोलेसनमा राखिएको थियो ।

ट्वालेटमा छिरेर ननिस्किएपछि प्रहरी अधिकारीले उनलाई बोलाएका थिए । यद्यपि, नबोलेपछि गएर हेर्दा झुण्डिएका अवस्थामा भेटिएका उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ असार । चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका

एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइबरस हावाबाट सर्ने बैज्ञानिकहरुको गरेको दावीलाई स्वीकार गरेको छ । केही

एजेन्सी, २४ असार । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । बीबीसीका अनुसार उच्च ज्वरोलगायतका

जकार्ता, २३ असार  । इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको