नेकपाको विवाद सकारात्मक ढंगले समाधान हुन्छ, प्रोक्सी वार बन्द गरौं: मन्त्री भट्टराई

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले पछिल्लो समयमा देखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सकारात्मक ढंगले समाधान हुने बताउँदै बजारमा आएका प्रोक्सी वार बन्द गर्न आग्रह गर्नुभएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एक ढिक्का बनाई लानेमा विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै एकतालाई बनाउन, आन्तरिक विवादलाई समाधान गर्न, विश्वासको वातावरण बनाउन अध्यक्ष तथा प्रधानमन्त्री ओली तयार रहनुभएको जानकारी दिनुभएको छ ।

हिजो बसेको स्थायी कमिटीको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतमसहित १७ जना सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुव पदबाट ओलीले राजिनामा दिनुपर्ने विवादास्पद अभिव्यक्ति तथा भारतको मिडियाले प्रचार गरे अनुसारको नै व्यहार गरेपछि पार्टी भित्र आन्तरिक कलह बढेको समयमा उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुएको छ, ‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनुभयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक छ । सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज सकारात्मक दिशामा जाने आशा गरौं । प्रोक्सी वार बन्द गरौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ असार । चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका

एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइबरस हावाबाट सर्ने बैज्ञानिकहरुको गरेको दावीलाई स्वीकार गरेको छ । केही

एजेन्सी, २४ असार । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । बीबीसीका अनुसार उच्च ज्वरोलगायतका

जकार्ता, २३ असार  । इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको