सात जना जुवाडे पक्राउ

कैलाली, १७ असार । कैलालीमा सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

लम्कीबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५९ हजार ७ सय रुपैयाँसहित मंगलबार लम्कीचुहा नगरपालिका ४ बस्ने ४३ वर्षीय दिपक भण्डारी, वर्ष २८ का प्रकाश शाही, ३२ का प्रजिन राई, ३४ का कृष्ण बिष्ट, ४० का नवल बुढा, ३९ का नरबहादुर शाही र टिकापुर नगरपालिका १ बस्ने वर्ष ३० का प्रकाश खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लम्की चुहा नगरपालिका ६ को  चोरीपुर खोलाको किनारमा रहेको पुरानो कुखुरा खोरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पकाउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना