नेकपा स्थायी कमिटी बैठक: दुई विषयमा गम्भिर छलफल, १८ नेताद्वारा धारणा प्रस्तुत

काठमाडौँ, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा विशेष गरी दुई वटा विषयमा केन्द्रित रहि गम्भिर रुपमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको आज चौथो दिन भएको छलफलमा १८ जना सांसदहरुले बैठकको शुरूवातमा १। मदन जयन्तीका अवसरमा असार १४ गते सम्माननीय प्रधानमन्त्रीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको २। दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा९एमाले० को सम्बन्धमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

उक्त दुई विषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ूप्रचण्डू, वरिष्ठ नेताहरूझलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्यहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गरी १८ जनाले आआफ्ना धारणा राख्नुभएको जानकारी गराउनुभयो ।

अर्को बैठक भोलि असार १७ गते ११ बजे पुनस् बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको