९१ हजार भारुसहित एक जना पक्राउ

पर्सा, १६ असार । पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनी नेतृत्वको टोलीले अलौ भन्सारबाट पोखरीया नगरपालिका-२ लमरिया निवासी २८ वर्षीय मनोज यादवलाई पक्राऊ गरेको हो ।  ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा सवार उनको झोला चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले ९१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

ड्युटी खटिएकाे सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा भिड नगर्नु भनी यादव लगायतका व्यक्तिहरुलाई भनेको भएपनि यादवले भारतबाट मानिस आउँदैछ भेटेर फर्किहाल्छु भनेर सशस्त्र प्रहरीसँग अनुरोध गरेका थिए । पोखरियादेखि आफन्त भेट्न आएका उनलाई धेरै अलमल नगर्नु भनेर जान सशस्त्र प्रहरीले अनुमति दिएको थियो । तर केहिबेरपछि झोला बोकेर फर्किएपछि चेकजाँच गर्दा उनको साथबाट ५/५ सयको १ सय ८२ थान भारु नाेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यादवले भने घरायसी कामका लागि भारतमा रहेका आफन्तसँग ऋण सापटी लिएको दाबी गरेका छन् । बरामद रकम र उनले प्रयोग गरेको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक