प्रम ओलीको नेतृत्वमा ८० वटा महत्वपूर्ण कार्य : जसले नेपालको इतिहास रच्यो (सूचीसहित)

काठमाडौँ, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार बनेसँगै सयौं महत्वपूर्ण कार्यहरु भएका छन् । जसमा ८० भन्दा वढी कार्यहरुले नेपालको इतिहास नै रचेको छ । जुन न पहिले भएका थिए, नत आगामी नेतृत्वले गर्न गर्ने आँट गर्ने छ ।

समाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले तयार पारी प्रस्तुत गर्नुभएका प्रधानमन्त्री ओलीले गर्नुभएका ८० वटा महत्वपूर्ण कार्यहरु यस प्रकार रहेका छन्,

केपी शर्मा ओली प्रधानमन्त्री एबंम पार्टी अध्यक्षमा नेतृत्व गरेपछी भएका केही महत्त्वपूर्ण कार्यहरु । आर्थिक बर्ष 2076/77 को अन्त्य तिरको स्थिति । सरकारी सूचना तथा विभिन्न किसिमका सूचनाका आधारमा तथ्यगत रुपमा भएगरेका केही महत्त्वपूर्ण कामको विवरण तयार गर्ने प्रयास गरेको छु । – bikash bhusal

1- “मधेस एक प्रदेश र जातिय प्रदेश राज्य” हुनबाट नेपाललाई बचाइ संघ, प्रदेश र स्थानिय तह गरि तीन तह रहेको राजनितीक तथा प्रशासनिक व्यवस्था, निर्वाचनको प्रक्रियामा 33% महिनाको अनिवार्यता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी गर्न सफल ।

2- भारतीय नाकाबन्दी 2073 बिरुद्ध नेपाली जनताको एकताको समर्थनलाई नेतृत्व गरि नेपालको स्वभिमान नझुकाइ नाकाबन्दीलाई असफल बनाउने सफल प्रधानमन्त्री ।

3-पहिलो पटक चीन सङ व्यापार तथा पारवहन सन्धी सम्पन्न भएको हो । सन्धिका सबै प्रोटोकल हरुमा हस्ताक्षर भएको छ । land lock country लाई land link country मा परिचित गर्न मुलुक सफल भएको हो । मुलुकका लागि बिकास सङ कनेक्टिभ महत्त्वपूर्ण उपलब्धि भएको हो ।

4- स्थानिय तह 2074 मा सबैभन्दा बढी आफ्नो पार्टी तत्कालीन नेकपा एमालेलाई बिजय गराउन सफल नेतृत्व । ७५३ स्थानिय तह मध्ये २९४ स्थानमा प्रमुख पदमा विजयी गराउन सफल नेतृत्व । जहाँ २६६ काङ्ग्रेस र १०६ तत्कालीन माओवादी विजयी भएको थियो ।

5- संघ र प्रदेशको निर्वाचन 2074 मा नेकपा एमाले सबभन्दा ठूलो पार्टीको रुपमा स्थापित भयो । प्रतिनिधि सभा समानुपातिक तर्फ कुल सदर मत 1 करोड 85 लाख 44 हजार 744 मध्ये नेकपा एमालेले 31,73,494 मत (41) सिट प्राप्त गरेको थयो बने माओवादी केन्द्रले 17 सिट र काङ्ग्रेसले 40 सिट प्राप्त गरेका थिए । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचन तर्फ 165 सिट मध्ये 80 स्थानमा नेकपा एमाले 36 स्थानमा माओवादी केन्द्र 23 स्थानमा नेपाली काङ्ग्रेसले विजय प्राप्त गरेका थिय । नेकपा एमालेले यति धेरै सिट ल्याउनुमा ओलीकै देन छ ।

6- प्रदेशसभा सदस्यको निर्वाचनमा 2074 मा नेकपा एमालेले प्रदेश 1 मा प्रत्यक्ष र समानुपातिक गरि 93 सिटमा 51 प्रदेश 2 मा 107  सिटमा 21 बागमती प्रदेशमा 110 सिटमा 58, गण्डकी प्रदेशमा 60 सिटमा 27, प्रदेश 5 मा 87 सिटमा 41, कर्णाली प्रदेशमा 40 सिटमा 20 र सुदुरपश्चिचम प्रदेशमा 53 सिटमा 25 स्थानमा बिजय हासिल गरेको थियो । यसरी हेर्दा तत्कालिन एमालेले 1,3,6 मा आफ्नै सरकार गठन गर्ने र 4,5,7 मा आफ्नै सरकार गठन गर्न 3/3 सिट अपुग रहेको थियो ।

7- क केपि शर्मा ओली र क. प्रचण्डको अगुवाइमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रिय एकीकरण गरि दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्नियुस्ट पार्टी स्थापना गर्न सफल ।

8- प्रशासनिक हिसाबले संघीयता कार्यनयनमा करिब 90 हजार कर्मचारीलाई संघ प्रदेश र स्थानिय तहमा समायोजनमा सफलता ।

9- राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयबाट हटाइ प्रधानमन्त्री कार्यालय अन्तर्गत भएपछी अन्तशुल्क, कर राजस्व तथा भन्सार शुल्क ठगी गर्ने व्यापारी, उद्योगी तथा व्यवसायीलाई बिगो तथा जरिवाना समेत करिब 35 अर्ब बराबरको अशुलिको लागि संबंधित उच्च अदालतमा प्रमाण सहित मुद्दा दायर गरेको ।

10- आर्थिक वर्ष 2075/76 मा भन्दा 22.60% ले राजस्व संकलन वृद्धि ।

11- आर्थिक वर्ष 2075/76 मा निर्यात मा 19.4% ले वृद्धि , आयत मा 13.9% राख्न सफल ।

12- आर्थिक वर्ष 2075/76 मा यो दशक कै सबैभन्दा उच्च 7.1% ले आर्थिक वृद्धि दर कायम ।

13- दुर्गम र पिछडिएको गाउपालिकामा समेत कम्तिमा 1 बैंक को स्थापना गरि बैंकिङ कारोबारको लागि सदरमुकाम जानुनपर्ने ।

14 – यातायातको सिन्डिकेटको अन्त्य ।

15- बिगतमा भएका बहु चर्चित सुन कान्डमा नाइकेलाई कार्बाही गरि जेल चलान ।

16- दसौ जना मानिसलाई जिउदै इट्टा भटटामा जलाउने अपराधी नेपाली काङ्ग्रेसका नेता पुर्वमन्त्री तथा रौतहटका सभासद अफताब आलम बिगत 12 बर्षदेखि कुनै सरकारले समाउन गिरफ्तार गर्न र कारबाहिको दायरामा ल्याउन नसकेका केपि ओलिको सरकारले गिरफ्तार गरि कार्बाही गर्यो ।

17- बहुचर्चित बालुवाटार ललिता निबास सरकारि जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने, बेचबिखन गर्ने दसौ वर्ष अगाडी देखिको कान्डलाइ कसैले कार्बाही गर्ने नसकेकोमा ओलि प्रम भए पछि अख्तियर मार्फत सम्पुर्ण छानबिन गरि 136 रोपनि जग्गा फिर्ता ल्याएको छ ।

18- “मेरो धरहरा मै बनाउछु” भन्ने नाराका साथ धरहराको काम तिवर गतिमा अगाडि बढेको छ ।

19- पछिल्लो 2 वर्षमा रास्ट्र राजमार्ग र अन्य सडकमा गरि 3 हजार 6 सय किमि कालोपत्र निर्माण सम्पन्न भएको छ ।

20- पछिल्लो 2 वर्षमा थप 1300 किमि कालोपत्रे सहित पक्की थप नया सड्क निर्माण भएको छ ।

21- पुर्वमा झपाको बाहुण्डांगीदेखि पश्चिममा डडेल्धुराको रुपालसम्म करिब 1200 किमिको मदन भण्डारी राजमार्ग आयोजना 2075 जेष्ठ 6 गते नेपाल सरकारले स्वीकृत गरेको छ । विकास निर्माणका कामहरु तिब्र गतिमा अगाडि बढेको देखिन्छ ।

22- पुर्वमा पाचथरको चियो भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट सम्म 1879 किमि पुष्पलाल मध्यपहाडी राजमार्ग 2079 सालसम्म कालोपत्र सहित पुरै निर्माण कार्य सम्पन्न गर्ने गरि निर्माण कार्य अगाडि बढेको छ ।

23- नेपालको दक्षिणी सिमाबाट निर्माण भैरहेको हुलाकी राजमार्ग ओलिको पालाका तिब्र गतिमा काम भैरहेको छ ।

24- पछिल्लो दुई वर्षमा विभिन्न नदि र खोलामा गरि 325 ओटा पक्कि मोटरएवल पुल निर्माण सम्पन्न भएका छन ।

25 – केपि ओली प्रधानमन्त्री हुनु भए पछि उतर दक्षिण राजमार्गका आयोजनाहरु स्वीकृत गरि कर्णाली करिडोर अन्तर्गत नेपाल-चिनको माना हुम्लाको हिल्सेदेखि सुर्खेतसम्मको निर्माण कार्य तिब्रताका साथ भैरहेको ।

26- गण्डकी करिडोर अन्तर्गत नेपाल- चिनको सिमाना मुस्ताङको कोरलादेखि नवलपरासी पुर्वको भैसालोटनसम्मको सडक निर्माण कार्य तिब्र ।

27 – काठमाडौँ उपत्यका भित्र हालै मात्र 130 किमि भन्दा बढिमा खाल्डा पुर्ने, रोड मार्किङ गर्ने ओभरलेप र सौन्दर्य गर्ने काम सकिसकेको छ ।

28 – नेपाल चिनको सिमाना संखुवासभाको ओलान्चुगलादेखि बिराटनगरको रानीसम्म कोशी करिडोर राजमार्गको काम तिब्र ।

29- जनकपुरको कुर्सादेखि भारतको जयनगरसम्मको रेल मार्ग निमार्ण गरिसकेको र दुई ओटा रेल समेत खरिद गरेको र लकडाउन पछि संचालन गर्ने तयारी ।

30- पुर्व पश्चिम् विधुतिय रेल संचालन गर्ने पुर्व पश्चिम राजमार्ग भन्दा दक्षिण र हुलाकी राजमार्ग भन्दा उत्तर तर्फबाट 945 किमि रेल मार्ग निर्माण गर्ने योजना अन्तर्गत सबै ठाउमा काम तिब्र ।

31- चिनको केरुङदेखि काठमाडौँ हुँदै पोखरासम्म रेलमार्ग संचालन गर्ने चीन सरकारबाट अध्यन भएको र रक्सौल-काठमाडौँको लागि भारत सरकारबाट संभाब्यता अध्यन भैरहेको छ ।

32- कोशी र नारायणी नदिमा पानी जहाज संचालन सुरु भएको छ ।

33- भारतको ब्रमपुरबाट आउने पानी जहाजको लागि जलमार्ग संबभाब्यता अध्यन गरि डि. पि आर तयारिको लागि काम सुरु भएको छ ।

34- नौबिसे काठमाडौँ नागढुङा 2.68 किमि सुरुङ मार्गको काम सुरु भएको छ ।

35- बुटबल -पाल्पा सडक अर्न्तर्गत 2 किमि सुरुङको लागि टेन्डरको काम भएको छ ।

36- सिन्धुली अन्तर्गत चियावारि- खुर्कोट सुरुङ मार्गको संभाब्यता अध्यन भैरहेको ।

37- सिन्धुली अन्तर्गत सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ तथा हेडवक्सको अध्यन भइरहेको । आ ब 2077/78 मा निर्माण कार्य सुरु हुँदै छ ।

38- भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज सम्म् 70 किमि पेट्रोलियम पाइपलाइन निर्माण कार्य सम्पन्न भै संचालनमा आइसहेको छ ।

39- 2 वर्षमा 143 वटा तुइन बिस्थपित गरि सबै ठाउमा झोलुङ्गे पुल निर्माण भएको छ ।

40- दुई वर्षको अबधिमा मात्र थप 9 लाख घरधुरिमा विधुत सेवा पुर्याइएको छ ।

41- 2 वर्षको अबधिमा 500 मेगावाट विद्युत निर्माण सम्पन्न भै रास्टृय ग्रिडमा जोडिएको छ । आगामी दस बर्षमा 15 हजार मेगावाट विद्युत पुर्याउने लक्ष्य ।

42- माथिल्लो अरुण तामाकोसी -5 फुकोट कर्णाली र जगदुल्ला विद्युत आयोजनाको आगामी बर्ष अध्यन पूरा गरि निर्माण कार्य सुरु गर्ने ।

43- 2 बर्षको अबधिमा विभिन्न नदि तथा खोलाहरुमा नदि नियन्त्रणका लागि 1 हजार 70 किलो मिटर बराबर लामो तटबन्ध निर्माण गरिएको ।

44- 2056 सालमा कालापानी बाट भारतिय सेना हटाउनु पर्छ भनेर संसदमा संकल्प प्रस्ताव पेश गरेका केपि शर्मा ओलिले छुटेको भुमी सहित नेपालको नया नक्सा पास गरे ।

45- विश्व बैंकको व्यवसाय संबंधी सूचकांक( Doing business index ) मा नेपालको व्यवसायीक बाताबरण सुधार हुँदै 110 स्थानबाट 94 स्थानमा उठेको छ ।

46- संयुक्त रास्ट्रसंघिय मानव विकास प्रतिबेदनले मानव विकास सूचकांक 149 बाट 147 स्थानामा उठेको छ।

47- Global peace index मा नेपाल 165 औ देश मध्ये 76 औं स्थानमा छ ।

48- विधिको शासन सूचकांकमा 126 देश मध्ये नेपाल 59 स्थानमा छ । यो पनि केपि ओलिकै देन हो ।

49- curruption perception index मा नेपाल्ब 124 स्थानबाट 113 स्थानमा गै उल्लेख्य सुधार भएको छ ।

50- श्रमिक, कामदार र मजदुरलाई समेत मध्यनजर राखेर सामाजिक सुरक्षा कोषको स्थापना गरेको छ ।

51- 2072 को भुकम्पले क्षति ग्रस्त संरचना हरु राष्ट्रिय पुन निर्माण प्राधिकरण ले भुकम्प प्रतिरोध निजि आवास भवनतर्फ हालसम्म 4,95,000 निर्माण भैसकेको 1,90,000 निर्माण हुँदै गरेको सरकारि विधालय 5600 ओटा निर्माण भैसकेको र 145 ओटा निर्माणाधिन अवस्थामा छन ।

52- पेट्रोलियम पदार्थ /ग्यास उतखननको लागि चिनियाँ र जर्मनीका भुगर्भबिदद्वारा दैलेखको श्रिस्थान,चामुण्ड, लकान्द्र भैरबी महाबु र दुल्लुमा पहिलो चरणको सबै संभाब्यता अध्यन पूरा भै सकेको छ ।

53- आ ब 2077/78 मा नवलपुरको हुप्सेकोट गापा अन्तर्गत धौबादिमा फलाम खानी संचालन हुने भएको छ ।

54- काठमाडौँ निजगढ फास्ट ट्र्याक नेपाली सेनाद्वारा तिब्र गतिमा ।

55- कालापानी लिपुलेक तर्फबाट नेपाल चिनको सिमाना टिन्कर भञ्ज्याङ् ताक्लाकोटसम्म 97 किमि बाटो निमार्णका लागि दार्चुला-टिन्कर सडक नेपाली सेना मार्फत धमाधम काम भैरहेको छ । यो सडक ब्यास गाउपलिकासम्म 50 किमि निर्माण भैसकेको छ ।

56- भैरहवा र पोखरामा international airport निमार्ण काम सकिसकेको छ ।

57- सुनसरीदेखि भोजपुरसम्म कोशि जलमार्ग / मिनि पानीजहाज सुरु भएको छ । अहिले 7 घन्टाको पैदलबाटो 1 घण्टामा पार गर्न सकिन्छ ।

58- नारायणी नदिमा पानी जहाज चल्ने प्रक्रियामा अहिले जहाज निर्माण भैरहेको छ ।

59- पोखरा-मुस्ताङ र दाङ- स्वर्गद्वारी लामो दुरिको केवलकार संचालन गर्नको लागि DPR तयार भएको छ ।

60- अत्याधुनिक रास्ट्रपति भवन, प्रधानमन्त्री निवास संघिय संसद भवन मन्त्री निवासहरु धमाधम निर्माण हुँदै छन ।

61- ललितपुरमा गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरेको छ ।

62- प्रत्येक नेपाली नागरिक ले 2500 तिरेर 1 लाखसम्मको स्वास्थ बिमा सुरु गरेको छ ।

63- जुमलामा mbbs पढ्ने medical कलेज संचालनको तयारीमा छ ।

64- भारतको आफ्नो कन्सुलर फिल्ड अफिस बिगत लामो समयदेखि बिराटनगरमा रहेको थियो , हाल सो अफिस हटाएइको छ ।

65- महिला उधमीलाई 7 लाख सम्म र बिदेशबाट फर्किएका पुरुषलाइ 10 लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने सुरुवात भएको छ ।

66- राजस्व संकलनमा ब्यापक वृद्धि भएको छ राजस्व भन्सार छली रोक्न vehicle tracking को काम सुरु भएको छ ।

67- धर्म प्रचार गर्ने बेलायती राजदुत फिर्ता पठाइएको छ ।

68- औचित्यहिन विदेश भ्रमणमा रोक लगाइएको छ ।

69-  विकास निर्माणमा ठेक्का लिएको समयमा काम सम्पन्न नगर्ने ठेकदार कम्पनिलाइ black list मा राखेर कार्बाही सुरु गरेको छ ।

70- सार्बजनिक खरिद तथा ठेक्का पट्टामा अनियमितता रोक्न र आर्थिक पार्दर्शिता कायम गर्न EGP लागू भएको छ ।

71- चिनका रास्ट्रपति सि जिङ पिङको 23 बर्ष पछि नेपाल भ्रमण सम्पन्न भएको छ गत 2 बर्ष मा नरेन्द्र मोदिले 4 पटक सफल भ्रमण गरिसकेका छन ।

73- 13 औ दक्षिण एसियाली खेलकुद साग समप्न्न भएको छ । 1999 पछिको खेलकुद क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ ।

74- भ्रमण बर्ष 2020 मनाउन व्यापक प्रचार सहित 20 लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ तर कोरोना भाइरस ले गर्दा सोचेअनुरुप हुन सकेको छैन ।

75- भुपरिवेष्ठित नेपाललाइ भुजडित मुलुमा रुपान्तरण गर्ने हाम्रो घोषित आकान्क्षा पूरा भएको छ ।

77- कोरोना भाइरस covid-19 test मा दक्षिण एसियामा भुटान बाहेकका देशभन्दा बढी गरेको र कोरोना नियन्त्रण र रोकथाममा सबै भन्दा अगाडि ।

78-भारतले मिचेको भुमी लिपुलेक, लिम्पियाधुरा, कालापानी सहित नेपालको नया नक्सा सार्बजनिक, भुमी फिर्ता ल्याउनमा बार्ताको लागि बारम्बार कोसिस ।

79- नेपाली पुरुष संङ बिबाह भएको अरु देशका महिलाले 7 बर्ष पछि नागरिता पाउने व्यवस्था ।

80- रुकुम हत्याकाण्ड का दोषिलाइ कार्बाहिको दायरामा ल्याएका छन ।

सरकार स्वयमले गरेका कार्यहरु धेरै नै हुन्छन तर हामी सङ जानकारीमा आएका मध्ये केही महत्त्वपूर्ण कार्यहरु यिनी नै हुन । पूरा 5 बर्ष काम गर्ने पाए भने अरु पनि हुनेछन । kedar prasad devkota को सहयोगमा तयार गरिएको यो विवरण ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन्

काठमाडौँ, २८ भदौ । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको

एजेन्सी, २४ भदौ  ।  पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि

एजेन्सी, २३ भदौ । फ्रान्सेली स्टार खेलाडी केलियन एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि भएको छ । यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको