मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

कैलाली, १६ असार । कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिकामा-१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय हिमांशु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार जयदेव चौधरी र मृतक बालकका बुवा रमेश परियार घाइते भएको र उनीहरू तीनैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।