जीप दुर्घटना, आमा र छोराको मृत्यु

हेटौँडा, १६ असार । मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् ।

सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । छोरा अनुजको उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनामा परी चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल