ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी, १६ असार । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका–२, स्याँलामा लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–६ वस्ने अन्दाजी १३ वर्षीय विकास परियार बेपत्ता भएका थिए । उनको शव भेटिएको हो ।

प्रहरीका अनुसार टयाक्टर ३० मिटर तल खोलामा खसेको र खोलामा बाढी आएका कारण उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शव खोलाभित्र टयाक्टरको चक्कामुनि फेला परेको थियो ।

दुर्घटनामा टयाक्टरका चालक रेसुङ्गा नगरपालिका–१० बस्ने २५ वर्षीय विष्णु परियार घाइते भएर पाल्पामा उपचार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिकोटबाट

भक्तपुर, १३ असोज । भक्तपुरमा डलर साट्ने भन्दै पाँच लाख लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय

काठमाडौँ, १३ असोज । थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना

काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी