आजको मौसम

काठमाडौँ, १६ असार । हाल देशभर मनसुनी दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ । नसुनी न्यूनचापीय रेखा नेपाल नजिकै भएकाले प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन सहित ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले जनाएको छ  ।

देशका अरु ठाउँमा भने आज दिउँसो पछि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा