भक्तपुरमा एकको हत्या

काठमाडौँ, १५ असार । भक्तपुरमा सोमबार बिहान एक जना व्यक्तिको हत्या भएको छ।

हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले एक मजदूरलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर ४ गहिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीया कृष्ण तामाङ मृत फेला परेका थिए। उनी ‘जडिबुटी’ उपनामले चिनिन्थे ।

प्रहरी घटनास्थल पुग्दा उनको टाउको, निधार र चिउडोमा चोट लागेको थियो । प्रहरीले उनको हत्याको आरोपमा सिन्धुलीका तीनपाटन गाउँपालिका घर भई हाल सोही गहिटीमा बस्दै आएका ३० वर्षीय ईन्द्रबहादुर तामाङलाई पक्राउ गरेको छ ।

उनीहरूबीच आपसी विवाद हुँदा तामाङले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ‍

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ ।

काठमाडौँ, ५ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग

काठमाडौँ, ५ बैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ ।

काठमाडौँ, ५ बैशाख । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व