मेरो देशको माया

आसिका तामाङ

मेरो देश चार जात, छत्तिस वर्णले भरिपूर्ण,
प्राकृतिक, साकृतिक ऐतिहासिक सम्पदाले भरिपूर्ण।।

तिमी अधिक सुन्दर भएकै कारण आखाँ चौर्तफि गाड्छन्
सम्बन्ध सुमधुर बनाउन खोज्दा लोभले सम्बन्ध भाँड्छन्।।

कसैको नजर लाग्न दिदैनौँ  तिमी छौ सबको मनमा,
ज्यान बाजी लगाउँछौ हामी बेच्दैनौ कुनै धनमा।।

कसैलाई दिन्नौ, हामी थियौ, हामी नै रहनेछौँ,
मुटुको टुक्रा ठान्नेछौ बरु ज्यान माया मार्नेछौँ।।

छाती फुल्छ जब हिमाल हिरा जस्तै टल्किन्छौँ,
नलाउ बैरि हो आखाँ गोर्खालीबाट बेलैमा छप्किन्छौँ।।

किन तिमी यति सून्दर भयौ लाग्दछ पश्चाताप,
नडराउ खोस्न सक्दैन कसैले हामी छौ तिम्रो साथ।।

कसलाई पो लाग्छ र आफ्नो आमा अरुलाई दिउँ दिउँ,
ढिलो भईसक्यो गोर्खाली हो अब त बिउँझौ ।।

 झापा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल