सांसद पहारीद्वारा कांग्रेसलाई कविताबाट झटारोः हावामा मुड्की हान्नुको कुनै अर्थ छैन

पोखरा, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कविता मार्फता व्यङ्ग्यात्मक ढंगले कडा झटारो हान्नुभएको छ ।

प्रदेश सभाको आजको आर्थिक वर्ष २०७७/०७८ को बजेटको छलफलमा आफ्नो धारणा राख्दै सांसद पहारीले नेकपाको सरकार भिजन, मिसन र एक्सन भएको उल्लेख गर्दै बजेटमा यो वा त्यो भएन भनि सस्तो र भद्दा तथा कुण्ठाग्रस्त टिप्पणी गर्ने गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामको लागि प्रदेश सरकारले विशेष योजनाका साथ शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात तथा रोजागारीमुलक तवरले आएको छ । बजेट ठेक्कामुखी पनि हैन, जनमुखी पनि हैन तर विकासमुखी, प्रचारमुखी हैन परिणाममुखी आएको छ ।’

यस्तो छ उहाँले प्रतिपक्षीलाई लक्षीत गरी प्रस्तुत गर्नुभएको कविता

हामीले एउटा कुरा सिक्यौं, विरोध गर्नुपर्छ यहाँ,
मौका यही हो, सकेसम्म जनतालाई भ्रम छर्नुपर्छ यहाँ,
ठिक र वेठिक छुट्याउने त हाम्रो धर्म नै हैन,
भ्रम र निरासाको जाल थापी सत्यलाई छोप्नुपर्छ यहाँ ।

दिल्लीमा पानी पर्यो भनेर पोखरामा छाता ओड्ने कुरालाई आत्मसात् गर्न नसकिने उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशमा बोलेर धर्ति नै मैले थामेको छु भनि विश्लेषण नगर्न चेतावनी समेत दिनुभयो ।  कोरोनाको विषयमा आलोचनाको नाममा घरमा आगो लाग्दा मेरो कोठा सुरक्षित छ भन्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै उहाँले संकटको वेला आक्रोस, उत्तेजना फैलाउने भन्दा कसैको श्रम तथा मानमर्यादाको अपहेलना नगर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य सामाग्री खरिद प्रकृयामा भ्रष्टाचार भएको कुरा उठाएको, क्वारेन्टाईन बलत्कारको कुरा उठाएको, खान नपाएर भोकभोकै भएको कुरा उठेको तथा कोभिड–१९को परिक्षण गर्न पाएनन् भन्ने कुरा उठाउनेलाई सिस्टता र सालिनतापूर्वक प्रश्न गर्न चाहन्छु, गण्डकी प्रदेशमा कहाँ र के कुरा खरिदमा भ्रष्टाचार भयो ? प्रमाण देखाउनुस् सँगै गएर मुद्धा हालौंला । गण्डकी प्रदेशमा कुन क्वारेन्टाईनमा बलत्कार भयो ? कसले पिसिआर परिक्षण गर्न पाएको छैन ? विना प्रमाण कुरा गर्ने ? जवाफदेही हुनुपर्देन ? हावामा मुड्की हान्नुको कुनै अर्थ छैन । प्रतिपक्षीले वोलेको कुरा सुनौं, सुनौं, टिपौं-टिपौं लाग्नेत हुनु पर्यो नि ।’

शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा सिमित श्रोत साधनका बाबजुत पनि सन्तुलित बजेट आएको उल्लेख गर्दै उहाँले विनियोजित रकमलाई आवश्यकता अनुसार रकमान्तर हुँदै जाने समेत स्पष्ट पार्नुभयो । प्रदेश सरकारको नयाँ तथा जनमुखी कार्यक्रमहरु समावेश गरिएको बताउँदै उहाँले सरकार अविछिन्न उत्तराधिकारी संस्था भएकाले विगतमा सम्पन्न नभएका आयोजनाहरु यस वर्ष सम्पन्न गर्ने लक्ष्यका साथ बजेट आएको तर बजेटको विरुद्धमा प्रतिपक्षी दलका सांसदहरुले झुट र कपोकल्पीत कथा रच्दै तथ्यबाट स्थापीत सत्यलाई समाप्त पार्ने प्रयत्न भइरहेको समेत आक्रोस व्यक्त गर्नुभयो ।

अर्थमन्त्री किरण गुरुङद्वारा प्रस्तुत गर्नुभएको कुल ३४ अरब ८४ करोड २१ लाखको बजेट रहेको जसमा चालु तर्फ ४१.२ प्रतिशत, पुँजीगत तर्फ ५७.४ प्रतिशत, वित्तिय व्यवस्था प्रती १.४ प्रतिशत रहेको जानकारी गराउँदै उहाँले बजेट यथार्थताको जगमा रहेर आएकाले कार्यान्वयनमा सजिलो हुने दावी गर्नुभयो ।

बजेटले स्वास्थ्य क्षेत्र त्यसमा पनि कोरोना भाइरस (कोभिड–१९)का कारणले विदेशमा रोजगारी गुमाएका र स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्ने कार्यक्रम समावेश गरिएको जसको लागि १८ करोड, प्राविधिक तथा व्यवसायीक तालिममा नौ करोड ८९ लाख, कोभिडको रोकथाम, क्वारेन्टाईन निर्माण, अस्पताल व्यवस्थापन, पिसिआर मेसिन खरिद गर्ने योजना अन्तरगत समग्र कोभिड–१९को नियन्त्रणका लागि दुई अरव ५१ करोड ७६ लाख तथा कोरोनाको कारण समस्यामा परेका पर्यटन तथा यातायात क्षेत्रको लागि एक अरव रकम विनियोजन भएको समेत उहाँले जानकारी गराउनुभयो ।

पूर्वाधार विकास कोषको कार्यक्रमले जनताको बिचमा स्थापीत गर्ने काम गरेको बताउँदै उहाँले जनताको चाहना अनुसार कतिपय ठाउँहरुमा कहिलै विकासमा सरकारको ध्यान नपुगेको ठाउँमा विकास भएको दावी गर्नुभयो । निर्वाचित सांसदलाई छुट्याइएको पूर्वाधार विकास कोषको कतिपय सांसदहरुले आलोचना गरिरहेको प्रति आक्रोस व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘एकातिर सांसदलाई विकासमा संलग्न गराइएन भन्ने अर्कातर्फ संलग्न गराउँदा सस्तो लोकप्रियता भनि टिप्पणी गर्नु भनेको कम्मल ओडेर घ्यु खानु जस्तो मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना