भिरबाट लडेर दुई जनाको मृत्यु

बुटवल, ५ असार । भिरबाट लडेर अर्घाखाँचीका बेग्लाबेग्लै स्थानमा दुईजनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका-५ का ४९ वर्षीय मनबहादुर खत्री र सन्धिखर्क नगरपालिका-२ स्थित भलायडाँडाका ५५ वर्षीय वसन्त कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा रोपाइँ गरी फर्कने क्रममा घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस्तै, कुमालको सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा घाइते भएका र उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका

काठमाडौँ, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन

काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले