कर्णाली प्रदेशमा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९४ पुग्यो

काठमाडौँ, ५ असार । कर्णाली प्रदेशमा कोरोना निको भएर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । बुधबार एक सय ५२ जना एकैपटक कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुगेको हो ।

दैलेखको महाबु आइसोलेसन सेन्टरबाट १०६, नारायण आइसोलेसन सेन्टर र दैलेख अस्पतालबाट ४३ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी बुधबार मात्रै कोरोना जीतेर १५२ जना घर फर्किएका हुन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या ४९४ पुगेको छ । अझै ६ सय १० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।

हालसम्म कर्णालीका कुल १ हजार १ सय ४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यस्तै, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार मात्रै १९१ जना एकैसाथ कोरोना जीतेर घर फर्किएका थिए । दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट एकसय २०, सल्यान अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी मंगलबार एकैदिन १९१ जनाले कोरोना जितेका हुन् ।

कर्णालीमा कोरोना पृष्टि भएका तीन जनाको हालसम्म मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष