बालिका बलात्कारकाे आरोपमा दुई जना पक्राउ

काठमाडौँ, ५ असार । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ ।

पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुर, १५ असोज । महोत्तरीमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९

इरुवा, १५ असोज । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन

काठमाडौँ, १५ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल १/१ जना गरि थप

काठमाडौँ, १५ असोज । हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले