भक्तपुर, ४ असार । राम चन्द्र प्रजापति । दुधपाटी भक्तपुर स्थितको भक्तपुर अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाललाई भक्तपुर नगरपालिका वडा नं ९ निवासी अरुणदोय प्रजापतिले समन्य गरि जर्मनवाट पठाएको स्वास्थ्थ सामग्री पिपिइ ३० थान र N95 मास्क ५० थान स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भयो ।
स्वास्थ्यकर्मी र भक्तपुर अस्पतालमा कार्यरत स्वंमसेवकलाई कोरोना भाइरसबाट सर्नबाट रोक्न प्रभावकारी मानिएको पिपिइ सेट र मास्क सहयोग गरेको हो । भक्तपुर अस्पतालले कोरोना रोग विरुद्ध लड्न विशेष भुमिका खेलिरहेकोले सहयोग गर्नु हुने अरुणदोय प्रजापतिले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताउनु भयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले विभिन्न संघ संस्था र सामाजिक सेवाभाव भएका व्यक्तिले सहयोग गर्दै आएको स्मरण गर्दै यस्तो संसार भर महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग एक जुट भएर लड्नु पर्नेमा जोड दिनु भएको छ । संक्रमण भयावहको अवस्थामा स्वास्थ्यर्मीलाई आवश्यक पर्ने पिपिइ स्वास्थ्य सामग्री सहयोग गर्नु भएकोमा आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै धन्यवाद दिनु भयो ।