कारागारबाट कैदी फरार

लमजुङ, ४ असार । लमजुङ जिल्ला कारागार शाखामा कैद भुक्तान गर्दै गरेका चौकीदार पदका एक कैदी बुधबार फरार भएका छन् ।

४ बजे कारागारभित्रका कैदी बन्दीहरूका लागि खाद्यान्न सामग्री खदिर गर्न बजार निस्केका उनी सम्पर्क बिहीन भएका हुन् । सामान किन्न जाँदा एक घण्टामा फर्किन उनी बुधबार साँझ ६.३० बजेसम्म पनि कारागारमा नफर्केपछि उनी भागेको एकिन भएको हो ।

लमजुङको राइनास नगरपालिका– १० को प्यारजुङ गाउँका २७ वर्षीय दिनेश परियार फरार भएका हुन् । उनीविरुद्धको कर्तव्य ज्यान मुद्दामा २०६९ को पुस २२ गते लमजुङ जिल्ला अदालतबाट २० वर्षको कैद आदेश भएको जिल्ला कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०