क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि

बुटवल, ४ असार । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर रिपोर्ट नआउन्जेल बुधबार दिनभर उनको शव रुखमै झुण्डिएकै अवस्थामा थियो ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टिनमा २५ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको  छ । Exchange Rate

काठमाडौँ, २ असोज । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, २ असोज । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८१औं र ८२औं शाखा कार्यालय