भोली देखि छैटौ अन्तराष्ट्रिय योग दिवस–२०७७ सप्ताहव्यापीरुपमा मनाईदै

भक्तपुर, असार ३ । नबराज काफ्ले। “घरमा योग,परिवार सँग योग” भन्ने मूलनाराका साथ अन्तराष्ट्रिय योग दिवस–२०७७(जुन २१,२०२०)को कार्यक्रम जुन १८,२०२०का दिन माननीय शिक्षा मन्त्रीज्यूद्धारा समुदघाटन गर्दै माननीय स्वास्थ्य मन्त्रीज्यूको समेत समुपस्थितिका विच जुन २४,२०२०मा बेलुकी ६ बजेदेखि ८ बजेको समयावधि भित्र समापन गर्ने गरि सप्ताहव्यापीरुपमा जुम वेबीनार मार्फत मनाईने भएको छ ।

कोभिड १९ को कारण विश्व आक्रान्त भईरहेको अवस्थालाई दृष्टिगोचर गर्दै वेबीनार मार्फत सप्ताहव्यापी योग दिवसीय कार्यक्रमहरु सञ्चालन गर्न देशभरका योगी,ध्यानी व्यक्तित्वहरु,त्रिभुवन विश्वविद्यालय/नेपाल संस्कृति विश्वविद्यालय/लुम्बीनी बौद्ध विश्वविद्यालयका प्रतिनिधिहरु, विभिन्न यौगिक संघ संस्थाहरु लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको प्रतिनिधिहरुका विचको गहन छलफलबाट माक्र्सीय गूरुकुलका अध्यक्ष स्वनाम साथीको संयोजकत्वमा छैटौ अन्तराष्ट्रिय योग दिवस, नेपाल–२०७७,साप्ताहिक कार्यक्रम आयोजक समिति गठन गरिएको र सो कार्यक्रमलाई छिटो छरितो ढङ्गबाट सम्पन्न गर्न स्वनाम साथीकै संयोजकत्वमा आयोजक समिति मध्यबाट एक व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

त्येक दिन विहान र बेलुकाको समय ठीक ६ बजे देखि ८ बजेका विच सम्पन्न गरिने सप्ताहव्यापी कार्यक्रमहरुमा योग,ध्यान विशेष प्रवचन,प्रर्दशन लगायतका प्रस्तुतिहरु रहने आयोजक समितिका सदस्य बालमुकुन्द सुवालले अवगत गराए । नेपाल सरकारद्धारा विगतका वर्षहरुमा मmै यस वर्षको छैटौ अन्तराष्ट्रिय योग दिवस–२०७७ मूलसमारोह समितिद्धारा जुन २१,२०२० का दिन विहान ठीक ८ बजे देखि १० बजे सम्म आयोजना गरिने अन्तराष्ट्रिय योग दिवस कार्यक्रमलाई पनि भव्य,सभ्य ढङ्गबाट सम्पन्न गर्न अन्तराष्ट्रिय योग दिवस,नेपाल–२०७७, साप्ताहिक कार्यक्रम आयोजक समितिको सक्रिय सहभागीता रहने आयोजक समितिका सदस्य डा. क्षितिज बराकोटीले जानाकारी गराए । निर्धारित साप्ताहीक कार्यक्रमहरुमा देश विदेशको विभिन्न कुनाहरुमा रहनुहुने सम्पुर्ण योगप्रेमीहरुको सहभागीताको लागि आयोजक समितिका संयोजक स्वनाम साथीले अनुरोध गरेका छन ।

अन्तर्राष्ट्रिय योग दिवस, नेपाल- २०७७, सप्ताहा सामारोह ब्यवस्थापन समिति, विज्ञप्ती, प्रतेक्ष प्रसारण

Posted by Yoganepal on Wednesday, 17 June 2020

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना