अब दैनिक दश हजार जनाको कारोना परीक्षण गर्छौं : उपप्रम पोखरेल

काठमाडौँ, ३ असार । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को परिक्षणको दायरा बढाउने उल्लेख गर्दै अबका दिनमा दैनिक दश हजार जनाको कोरोना परिक्षण गर्ने बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा पत्रकारहरूसँगको सामूहिक भेटघाटमा उहाँले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणमै रहेको दाबी गर्दै अहिले दैनिक ६ सय स्वाब परीक्षण हुँदै आएको र अब छिट्टै बढाएर दश हजार पु¥याउने योजना रहेको बताउनुभयो ।

अहिले लकडाउन खुकुलो बनाएर जनजीवनलाई केही सहजीकरण गरिएको तर, कोरोना सङ्क्रमण घट्दो क्रममा भने नरहेको उहाँको भनाइ थियो । अहिलेसम्मको परिस्थितिको आँकलन गर्दा भदौमा मात्रै पिकमा पुग्ने देखिएको र यसमा तलमाथि हुनसक्ने पनि उहाँले बताउनुभयो ।

पछिल्लो संक्रमितहरुको दर र फैलावटलाई नियाल्दा कोरोना पिकमा पुग्न भदौको आधाआधी लाग्न सक्ने निष्कर्ष निकालिएको बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु

काठमाडौँ, १४ चैत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्दा दायर गरिएको छ । प्रवर्तन