मालपोतका हाकिम ८ लाख घुससहित पक्राउ

काठमाडौँ, ३ असार । मालपोत कार्यालय डिल्लीबजारमा ८ लाख रुपियाँ घुस लेनदेन गर्दागर्दै प्रशासकीय अधिकृत रघु कँडेलसहित ५ जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित मंगलबार राति पक्राउ गरेको हो । गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रतिआना २ लाखका दरले घुस मागेका थिए ।

सेवाग्राहीले अख्तियारसँग सम्पर्क गरी ८ लाख २० हजार घुस दिएपछि कँडेलसहित ५ जना पक्राउ परेका छन् । घुससहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा