काठमाडौँबाट २२ जुवाडे पक्राउ

काठमाडौँ, ३ असार । प्रहरीले छुट्टाछुट्टै स्थानमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।

महानगीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौंको टोखा नगरपालिका ११, बानियाँटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवा खेलिरहेका मकवानपुर थाहा नगरपालिका ७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसीसहित १२ जना पक्राउ परेका हुन् । उनको साथबाट २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास बरामद भएको छ ।

यस्तै काठमाडौं, कीर्तिपुर नगरपालिका ६, चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका ३८ वर्षीय राम खड्कालगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुई स्थानबाट प्रहरीले ३ लाख २६ हजार ९ सय १० रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको

काठमाडौँ, ९ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । वितेको २४ घण्टामा

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता