कैलाली बलात्कार घटनाबारे प्रधामन्त्रीको गम्भीर चासो, गृहमन्त्रीलाई दिए यस्तो निर्देशन

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिएका छन् ।

 मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे नरहेको र आरोपी पक्राउको बारेमा गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । गृहमन्त्री थापाले आरोपित पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा स्वंयसेवकबाट सामूहिक बलात्कारको घटना हुनु दुःखद र गम्भीर विषय रहेको भन्दै देशभरका क्वारेन्टाइनको सुरक्षा ब्यवस्था बलियो बनाउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।  यस्तै उनले देशभरका क्वारेन्टाइनको अवस्था कस्तो रहेको छ, कसरी व्यवस्थापन भइरहेको छ भन्दै जानकारी मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी