आजको राशिफल

आज २०७७ साल असार ३ गते बुधबार, आषाढ कृष्ण पक्ष एकादशी, विश्व खडेरी विरुद्ध संघर्ष दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायका लागि नयाँ योजना छोटो यात्राको सम्भावना पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पुनर्मिलन र लाभदायक यात्रा हुनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफन्त र सहकर्मिको सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।

साभारः हाम्रो पात्रोबाट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कोरोना भाइरस (कोभिड १९) महामारीबीच ठूला करदाताले ३२ अर्ब अग्रिम कर (एडभान्स ट्याक्स) बुझाएका छन् ।

पोखरा, ४ माघ । पोखरा –बाग्लङ राजमार्गमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका

विराटनगर, ४ माघ । ५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल

काठमाडौँ, ४ माघ । १० जना नेपाली आरोहीहरुको समूहले पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरी इतिहास रचेका छन्