चौतारा साँगाचोकगढीमा संस्कृत पाठशाला भवनको शिलान्यास

सिन्धुपालचोक, २ असार । चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ७ स्थित मेलचौरमा संस्कृत पाठशाला निर्माण गरिने भएको छ । श्रीहरी आध्यामिक सेवा आश्रमद्वारा उक्त संस्कृत पाठशाला निर्माण हुन लागेको हो ।

ज्योतिशी, कर्मकाण्ड, आयुर्वेद र योग सम्बन्धि शिक्षा प्रदान गर्ने उद्देश्यले संस्कृत पाठशाला निर्माण गर्न लागिएको हो । तीन महिनाको पाठ्यक्रम निर्माण गरी संस्कृतका व्याकरण, सन्धी, समास, धातु लगायतका विषय सिकाइनेछ । त्यस्तै संस्कृत कसरी बोल्ने र नेपाली संस्कृतिको संरक्षण सम्बन्धी पठनपाठन र संस्कृत गुरुकुल निर्माण गरिने श्री हरी आध्यामिक सेवा आश्रमका संस्थापक अध्यक्ष डा. पुण्यप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

सोमवार संस्कृत पाठशाला भवनको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ७ का वडाध्क्ष उमाप्रसाद दुलाल र संस्थाका सचिव देवी दङ्गालले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभएको हो ।

करिब ५० लाख लागतमा ८ कोठाको पक्की भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको हो । उक्त भवन निर्माणका लागि सांसद शेरबहादुर तामाङ्ले दश लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको डा. दङ्गालले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि स्थानीय तह, विभिन्न दाता, चन्दा दानमार्फत आवश्यक रकमको व्यवस्था गरिनेछ ।

कोरोना भाइरसको सङ्क्रमण हटेपछि उक्त भवनमा पठनपाठन गरिने भए पनि केही समयपछि शिलन्यास गरिएको भवन क्षेत्रमै रहेको सार्वजनिक भवनमा पठनपाठन शुरु गरिने तयारी गरिएको छ । यसैबीच सिन्धुपालचोकको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ७ स्थित मेलचौरमा २१ रोपनी जग्गा डा. दङ्गालले संस्थाको नाममा दान गरिसक्नु भएको जनाइएको छ ।

शिलन्यास कार्यक्रममा संस्थाका कोषाध्यक्ष बलराम खनाल समाजसेवी अमृतबहादुर कार्की, क्यामरा म्यान रबिन बजगाई, नेपाल प्रहरीका पूर्व डिएसपि गोबिन्दबहादुर खड्का लगायतकाले कार्यक्रमको आवश्यक समन्वय गर्नुभएको थियो । कार्यक्रममा कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि सहभागिलाई पञ्जा र माक्स वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ