तिनाउमा जिप खस्दा ६ जना घाइते

बुटवल, २ असार । बुटवल तानसेन सडक खण्डको सिद्दबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार प्रदेश ३ ०१ २२ च ४५२२ नम्बरको डबल क्याप जीप भीरबाट खस्दा ६ जना घाइते भएका हुन् । ६ जनालाई नै उपचारका लागि बुटवल ल्याइएको छ ।

घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिकाका हुन् । घाइते हुनेमा दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल रहेको प्रहरीले जनाएको छ । जिप सिद्धबाबा मन्दिरदेखि ५० मिटर उत्तर सडकबाट तिनाउ खोलामा खसेको थियो । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको

काठमाडौँ, ९ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । वितेको २४ घण्टामा

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता