नेपाल टेलिकमले निश्चित समयको लागि विलम्व शुल्क मिनाहा गर्ने

काठमाडौँ, २ असार । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतेदेखि यस्ता महशुलमा नियमानुसार विलम्ब शुल्क लागू हुने जनाएको छ ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागू हुनेछ । नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टे अफर भने कायमै रहने जनाएको छ ।

सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः २ महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी कम्पनीले एफटीटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ६ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले ८ वटा महत्वपूर्ण निर्णय गरेको छ । आज

काठमाडौँ, ६ असोज । थप १३ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक रहेको