प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसदहरुले बुझाए ध्यानाकर्षण पत्र

काठमाडौँ, २ असार । प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

मंगलबार बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाउदै उनीहरूले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताएका छन् ।

उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।

जवाफमा प्रधानमत्री ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताएका हुन् । सरकारको ध्यान कहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको भन्दै उनले भने, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’

प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको समेत बताएका छन् । यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उनले जोड दिएको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी